Loading...

Wednesday, January 8, 2020

लुगा लगाएर मात्र हुँदैन न्यानो, जाडोमा खानुस् यी खानेकुरा

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
मौसममा आएको बदलिका कारण शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने काठमाडौं उपत्यकासहितका स्थानमा वर्षा भएको छ ।
जसका कारण चिसो अत्यन्त बढेको छ । चिसो बढेका कारण न्यानो लुगा वा न्यानो वातावरणमा बस्नु नै भएको होला । तर त्यतिले मात्र पनि शरीरलाई पुग्दैन । त्यसैले खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ ।जाडोमा न्यानो महसुस हुने खाना खानुपर्छ ।

 यतिबेला झोल कुराहरूजस्तै चिकेन सुप, मसरुम सुप, भिटामिन सीयुक्त खानेकुरा कागती, सुन्तला आदि फाइदाजनक साबित हुन्छन् । यसैगरी सुपमा वा तरकारीमा लसुन प्रयोग गर्दा पनि रुघाखोकी तथा ज्वरो आउने समस्याबाट जोगिन सकिन्छ ।अमेरिकास्थित एक फर्मास्युटिकल्स एसोसियसनका अनुसार जाडो मौसममा एक गिलास पानीमा ज्वानो, अदुवा तथा दालचिनी हालेर पिए जाडोको फ्लुबाट जोगिन सकिन्छ ।

No comments:

Post a Comment