कुनैपनि बेला काठमाण्डौ उपत्यका भासिन सक्छ, यतिबेला आउन सक्छ आपातकालीन अवस्था,सक्दो सेयर गरी सचित् रहौं
तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस
Loading...
उपत्यकाका खोला, नाला र कुँवाहरु फोहोर मात्रै होइन, लोप हुने स्थितिमा पुगेका छन् । यसले पानीको अभावको समस्या त छंदैछ अब जमिन नै भासिन सक्ने भन्दै सचेत रहन सुझाव दिएका छन् । खानेपानी विभागका अनुसार काठमाडौं उपत्यकामा प्रत्येक दिन ३६ करोड लिटर पानीको माग छ । तर जमिनमुनिको पानी सकिदै जाँदा पानी आपुर्तिमा हुन सकेको छैन । प्राकृतिक सम्पदाका विज्ञ डा। केशवराज कँडेलले भूमिगत पानी तान्ने क्रम बढेका कारण जमिनमुनीको भाग खाली हुँदै गएको छ । जसले जमिन भासिने खतरा बढेको हो ।
उनले यसको समयमै नियन्त्रण नभए त्यसले भयावह अवस्था निम्त्याउन सक्ने बताएका छन् । जमिनमुनिको पानी कम हुनुमा जलवायू परिवर्तन पनि एक कारण रहेको उनको भनाई छ । उनले जमिनमुनीको पानीको सतह घट्न नदिन सरकार मात्र सचेत भएर नपुग्ने बताउँदै त्यसका लागि सर्वसाधारण पनि सचेत हुनुपर्ने बताएका छन् । काठमाण्डौं उपत्यकामा बस्ति बाक्लो हुँदै दाँदा टोल, टोलका ढुंगे धारा सुकेका छन् । खेतबारी नासिएका कारण जमिनमा परेको पानी सोसिएर तल जान पाउँदैन । अहिले सबैतिर घर र पक्कि सडक बन्दा आकाशबाट परेको पानी जमिनको मुनि पुग्न नपाउँदा पानीको सतह घट्दै गएको हो । उपत्यकाबासीलाई पानी व्यवस्थापनको लागि सरकारले अध्ययन सुरु गरेको छ ।
No comments:
Post a Comment