Loading...

Thursday, January 9, 2020

सञ्चार अभावकै कारण समयमै अस्पताल पु¥याउन नसक्दा सुत्केरीको मृ'त्यु

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


मुगु, समयमै स्वास्थ्य संस्था र एक्बुलेन्स सेवाका लागि सम्पर्क गर्न नपाउँदा मुगुमा एक महिलाको मृ’त्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१० जिउला गाउँकी ३५ वर्षीया धनरुपा विकको बुधबार बिहान सुत्केरी भएपछि अत्यधिक रक्तश्राव हुँदा मृ’त्यु भएको हो । थप उपचारका लागि जिल्ला अस्पताल लैजान एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न नसक्दा उपचार नपाएर उनको अकालमै ज्यान गएको श्रीमान् रामबहादुर विकले बताए ।

‘‘घरमै सुत्केरी भए पनि सालनाल नभएको र अत्यधिक रक्तश्राव भएपछि छिटो जिल्ला अस्पतालमा पु¥याउन नगरपालिका र जिल्ला अस्पतालका एम्बुलेन्सलाई खबर गर्न खोज्यौँ, मोबाइलका टावर नहुँदा सम्पर्क हुन सकेन, बोकेरै अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृ’त्यु भयो’’, रामबहादुरले भने । आमाको बाटैमा मृ’त्यु भएपछि नवजात बच्चाको विचल्ली भएको छ ।

लगातारको हिमपातले गत बिहीबारबाट मुगु र हुम्ला जिल्ला सञ्चारविहीन भएको छन् । सञ्चार अभावकै कारण समयमै अस्पताल पु¥याउन नसक्दा महिलाको मृ’त्यु भएपछि स्थानीय आक्रोशित भएका छन् । मृतक विकको गाउँबाट जिल्ला अस्पताल तीन घण्टाको पैदल दूरीमा टाढा रहेको छ । विकले यसपटक पाचौं सन्तान जन्माएकी थिइन् ।
रासस

No comments:

Post a Comment