Loading...

Thursday, January 9, 2020

बस दुर्घ टना हुँदा कम्तीमा २० जनाको निधन

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


एजेन्सी । इरानमा बिहीबार फेरी अर्को दुखद घ टना भएको छ । एक यात्रुवाहक बस दुर्घ टना हुँदा कम्तीमा २० जनाको निधन भएको छ। इरानमा लगातार दुखद घटना भइरहेका छन् । अमेरिकाले सैन्य प्रमुखलाई गरेको आ क्रमण पछि इरानमा दिनहुँ कुनै न कुनै घ टना भइरहेका छन् ।
राजधानी तेहरानबाट पाँच सय किलोमिटर उत्तरपूर्वमा पर्ने गोनवाद सहर जान लागेको बस स्थानीय समयअनुसार बिहीबार बिहान दुर्घ टनामा परेको हो। दुर्घ टनामा परी २४ यात्रु घाइते भएका छन्। अधिकारीहरूले ब्रेक फेल भएपछि बस दुर्घ टनामा परेको बताएका छन्। अमेरिकासँगको त नाव चुलिएका बेला पछिल्ला तीन दिन इरानमा लगालग दुर्घ टना भएका छन्। बुधवार मात्र जहाज दुर्घ टना हुँदा १ सय ७६ जनाको निधन भएको थियो ।
अमेरिकी हमलामा मा रि एका सैनिक कमाण्डर कासिम सुलेमानीको अ न्त्येष्टि र्‍यालीमा भागदौड हुँदा मंगलबार ५० बढीको निधन भएको थियो। बुधबार तेहरानको इमाम खामेनी विमानस्थल नजिकै युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दुर्घ टना हुँदा १७६ जनाले ज्यान गुमाएका हुन् । सडक र पूर्वाधार राम्रा नभएकाले इरानमा स डक दुर्घ टना भइरहन्छन्।
इरानको उड्ययन प्राधिकरणले इरानमा बुधबार दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने बताएको छ ।अमेरिकी बहुराष्ट्रिय बोइङ कम्पनीद्वारा निर्मित बोइङ ७३७ को यूक्रेनी विमान इरानको राजधानी तेहरानबाट उडेको केही समयमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित यसमा यात्रा गरिरहेका १७६ जनाको निधन भएको छ ।
इरानको नागरिक उड्ययन संगठनका प्रमुख अलि अबेद्जादेहलाई उद्धृत गरी मेहर न्यूज एजेन्सीले उल्लेख गरेको छ, “हामीले ‘ब्लाक बक्सहरू’ निर्माण कम्पनी वा अमेरिकालाई दिने छैनौ ।”उनले भने, “ब्लाक बक्स अनुसन्धानका लागि कुन देशमा पठाउने भन्ने बिषयमा अझै निर्णय गर्न बाँकी छ ।”
यूक्रेनको अन्तर्राष्ट्रिय विमान सेवाको उडान नम्बर पीएस७५२ विमानस्थलबाट छुटेको केही समयभित्र दुर्घटना भएको र दुर्घटनाको केही समयभित्र नै ‘ब्लाक बक्स’ भेटिएको इरानले बताएको छ । अबेद्जादेहले भने, “अन्तर्राष्ट्रिय उड्ययन कानूनमा आधारित भएर इरानले ‘ब्लाक बक्स’ अनुसन्धानका लागि अमेरिकालाई दिने वा नदिने इरानको अधिकारको कुरा हो ।”
इरानी अधिकारीका अनुसार इरानी उड्ययन संगठनले ‘ब्लाक बक्स’को अनुसन्धान गर्नेछ तर यस अनुसन्धानमा यूक्रेनी प्राबिधिकहरू उपस्थित रहन सक्नेछन् ।‘ब्लाक बक्स’ को अनुसन्धान र व्याख्याका लागि खासगरी बेलायत, फ्रान्स, जर्मनी र अमेरिका विश्वसनीय मुलुक मानिन्छन् ।
इरानको राजधानी तेहरानमा भएको विमान दुर्घ टनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७६ जनाको निधन भएको छ । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घ टना भएको हो। विमानमा सवार सबैको निधन भएको समाचारसंस्था एपीले इरानी संचारमाध्यमलाई उद्धृत गर्दै लेखेको छ।

No comments:

Post a Comment