Loading...

Tuesday, January 7, 2020

इरानमा विमान दुर्घटना : सवार १७० जनाकै मृत्यु, कसैलाई जीवित भेटिने झिनो आस पनि छैन.यस्तो छ अहिलेको दर्दनाक अवस्था, फोटो फिचर

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
काठमाडौँ : इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको छ। इरानको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको मृत्यु भएको छ ।

तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभस्थित बोर्यस्पिल विमानस्थलका लागि उडान भरेको इन्टरनेशनल एअरलाइन्स फ्लाइटको बोइङ ७३७–८०० जेट तेहरानको दक्षिण–पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। प्राविधिक गडबडीको कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । इरानी अधिकारीहरुका अनुसार विमान दुर्घटनामा कसैलाई जीवित भेटिने झिनो आस पनि नभएको बताएका छन्।
तेहरानका नागरिक उड्डयन प्रवक्ता रेजा जाफरजदेसले बताएअनुसार दुर्घटनाको अनुसन्धान गर्नको लागि इरान सरकारका अधिकारी दुर्घटनास्थल पुगेका छन्। इरानका सञ्चारमाध्यमले यसअघि विमान १८० जना सवार रहेको भने पनि पछि भने उक्त संख्या १७० रहेको पुष्टि भएको छ।
इरानले आफ्नो सैन्य कमान्डर कासिम सुलेमानीको हत्याको बदलास्वरुप इराकमा रहेको दुई वटा अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण गरेको केही घण्टापछि विमान दुर्घटना भएको हो।

No comments:

Post a Comment