Loading...

Friday, January 10, 2020

ग्याँसको लाइनमा नबस्नुहोस बिजुलीमै खाना पकाउनुहोस,कुलमानको यो अनुरोधलाई से यर गरी सबैमाझ पुर्याउ

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

नेपालको लोडसेडिङ हटिसके पनि धेरै नेपालीहरू विद्युतको अधिकतम उपभोगमा अभ्यस्त छैनन् । बिजुली फारु गरेर चलाउने पहिलेदेखिको बानी अझै छुटेको छैन ।तर नेपाल विद्युत् प्राधिकरणले भने विद्युत् बढीभन्दा बढी प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ । १८ घण्टासम्मको विद्युत कटौती भोगेका नेपालीहरूले खानापकाउनका लागि ग्यासभन्दा भरपर्दो र सस्तो विकल्पका रूपमा बिजुलीलाई मान्न तयार भइसकेका छैनन् । त्यसो त अहिले पनि प्राविधिक कारणले छिटपुट बत्ती जाने क्रम चलिरहेकै छ ।प्राधिकरणले यसलाई आगामी दिनमा सुधार गर्ने बाचा गरिरहेको छ ।
उपभोक्ताले ग्यासलाई प्राथमिक ऊर्जाको रूपमा प्रयोग गरेकाले ग्यास र विद्युत् कुन सस्तो भन्ने राम्रो तुलना नै हुन सकेको छैन ।ग्यासको तुलनामा विद्युत् ऊर्जा सस्तो हुने सहज आँकलन गर्न सकिन्छ । साथै, नेपालको व्यापार घाटा न्युनिकरणका लागि समेत यसले टेवा मिल्न सक्ने भएकाले ग्यासलाई बढिभन्दा बढि विद्युतले प्रतिस्थापन गर्नु देशहितमा हुन्छ ।२०७५ माघ ११ गते इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा रहेको ऊर्जा अध्ययन केन्द्रले खाना पकाउन एलपी ग्यास, विद्युत तथा मट्टीतेलबाट लाग्ने खर्चबारे तुलनात्मक अध्ययन गरेको थियो ।
खाना पकाउने ऊर्जाको मूल्यबारे नेपालमा भएको सम्भवतः यो नै पहिलो अध्ययन हुनसक्छ । उक्त अध्ययनले सन् २०१९ मा नेपाल विद्युत् प्राधिकरणले तोकेको बिजुलीको विद्यमान मूल्यअनुसार, ५ जनाको परिवारले १५ एम्पियरकोविद्युत् महसुल अनुसार खाना बनाउन मट्टितेल प्रयोग गरियो भने मासिक १२ सय ४० रुपैयाँ खर्च हुने देखाएको थियो ।त्यस्तै अहिले अत्यधिक प्रयोग भइरहेको एलपी ग्यासमा ५ जनाको परिवारलाई खाना बनाउँदा एक महिनामा १४ सय ७८ रुपैयाँँ खर्च हुन्छ ।बिजुलीको जुनसुकै माध्यमबाट ५ जनाको परिवारलाई खाना पकाउँदा ११ सय १४ रुपैयाँ मात्रै खर्च हुने देखिएको छ ।.

No comments:

Post a Comment