Loading...

Wednesday, January 1, 2020

कुरा गर्दागर्दै गोली चल्यो, त्यसपछि अर्जुनको फोन अफ भयो…

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
गोरखा — अनलाइनमा कुराकानी चल्दै थियो । अर्जुन थापा मगर हतासिए । केहीबेरपछि कुराकानी गर्ने भन्दै उनी अफलाइन भए । तर परिवारका सदस्यसँग त्यही अनलाइन कुराकानी नै उनको अन्तिम कुराकानी भयो ।
बुधबार जम्मू–कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत गोरखा नगरपालिका–५ देवीमाई टोलका नेपाली युवा अर्जुन थापा मगरको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ।
एक महिने छुट्टीपछि पुसको पहिलो साता अर्जुन कार्यक्षेत्र फर्किए। मंगलबार परिवारसँग अनलाइनमा कुराकानी गर्दै थिए।

 ‘अस्ति राति अनलाइनमा परिवारसँग कुरा गर्दागर्दै गोली चल्यो फोन राख–राख भनेर भन्नुभयो रे, एक छिनमै फोन गर्दा फोन अफ् भएछ,’ उनको भाउजू नाता पर्ने सानु थापाले भनिन्,‘हिजो बिहान साथीले एसएमएसमार्फत घरको ठेगाना माग्नुभएछ, फोन पनि लाग्दैन किन के भयो र भनेर सोध्दा उहाँको साथीले ‘नराम्रो घटना छ’ मात्र भन्नुभएछ।’
पटक–पटक टेलिफोन गरेपछि परिवारका सदस्यले घटना थाहा पाए। ‘उहाँको फोन अफ्, साथी र अफिसमा फोन गर्दा घटना घटेको छ भन्ने मात्र बुझियो,’ सानुले भनिन्, ‘पछि त ‘बडी’ लिन आउनुहुन्छ कि के गर्नुहुन्छ भनेर उतैबाट फोन आयो।’ अपत्यारिलो खबर सुनेका परिवारका सदस्य, आफन्त र छिमेकी बिहीबार साँझ नै झापाको काकडभित्ता गएका छन्।‘काकडभित्तासम्म पुगेपछि इन्डिया जाने कि शव त्यही ल्याउँछ थाहा हुन्छ रे,’ उनले भनिन्।

No comments:

Post a Comment