Loading...

Friday, January 10, 2020

इरानले झुक्किएर मार्यो आफ्नै ८२ नागरिक, अमेरिकाले पनि गरिसकेको छ यस्तै गल्ती

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

काठमाडौं। इरानले अन्ततः युक्रेनी एयरलाइन्सको विमान आफैंले झुक्किएर खसालेको स्वीकार गरेको छ । यो विमानमा सबैभन्दा धेरै इरानी नागरिक नै थिए । यात्रु र क्रु सदस्य गरी कूल १७६ जना सवार भएको विमानमा ८२ जना इरानी नागरिक थिए । यो विमान इरानको राजधानी तेहरानबाट युक्रेनको राजधानी किभको लागि उडेको थियो । इरानी राष्ट्रपति हसन रुहानीले यसमा जिम्मेवार व्यक्तिहरुलाई कारवाही गर्ने बताएका छन् ।
यसरी आफैंलाई नोक्सान हुने गरी विमान सखालिएको यो पहिलो घटना भने होइन । यसअघि विश्व महाशक्तिहरु रुस, अमेरिका लगायतले पनि यस्तै गल्ती गरिसकेका छन् । खाडी युद्धपछि कैयौं देशले ठूलो संख्यामा मानव सहायता प्रयास सुरु गरेका थिए । १४ अप्रिल १९९४ का दिन भने अमेरिकी वायुसेनाले आफ्नै देशका २ ब्ल्याक हक हेलिकप्टर खसाले । यी हेलिकप्टरमा कूल २६ यात्रु थिए जसमध्ये ११ जना अन्य देशका थिए ।
द्वितीय विश्वयुद्धको क्रममा पनि अमेरिकाले यस्तै दुर्भाग्यपूर्ण घटना घटाएको थियो । २ जुलाइ १९४३ मा अमेरिकी वायु सेनाले आफ्नै वायुसेनाको विमानमाथि अन्धाधुन्ध गोली बर्साउन सुरु गर्यो । यो घटनामा ३ यभन्दा धेरैको ज्यान गएको थियो । २००३ मा इराकसँग भएको युद्धको क्रममा अमेरिकाले रोयल ब्रिटिश एयर फोर्सको विमान खसालेको थियो । लामो समयसम्म यो विमान बेपत्ता भएको बताइयो तर पछि बेलायतले यसको खुलासा गर्यो । इराकसँगको यो युद्धमा अमेरिका र बेलायत मिलेर एकै पक्षबाट लडेका थिए ।

No comments:

Post a Comment