Loading...

Thursday, January 9, 2020

त्रिशूली नदीमा बस दुर्घटना ८जनाको निधन नेपाल खबर कान्तिपुर

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

काठमाडौं : झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । ५ जनाको घटनास्थलमा र अन्य तीनजनाको उपचारको क्रममा निधन हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन्। मृत्यु भएका चारजनाको सनाखत हुन सकेको छैन।
दुर्घटनामा घाइते भएका २३ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाइतेको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

No comments:

Post a Comment