Loading...

Thursday, January 9, 2020

ह त्या गरी तमोरमा फालिएको मन्दिराको शव ३२ दिनपछि फेला, आज पोष्ट मार्टम गरिने

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


ताप्लेजुङ : ह’ त्या गरेर तमोर नदिमा फालिएकि ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ कि मन्दिरा अधिकारीको श’ व ३२ दिन पछि फेला परेको छ । तेह्रथुममा पर्ने फाक्चवा दोभानको बगरमा विहिबार माछा मार्ने क्रममा माझीले श’ व भेट्टाएका थिए । अनुहार पहिचान गर्न सकिने अवस्थामा नभए पनि दाहिने हातमा लगाएको चुरा र शरिरमा लगाएको रातो सर्टका आधारमा श’ वको पहिचान भएको मन्दिराका काका चन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार श’ व अप्ठ्यारो ठाउँमा भएकाले निकाल्नका लागि तमोरभ्याली ट्राभल्सको सहायता लिईएको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णु खड्काको नेतृत्वमा खटिएको टोलीले फेलापरेको स्थानबाट श’ व उठाएको थियो ।शनिबार दिउँसो उठाईएको श’ वको पाँचथरमा आईतबार पोष्टमार्टम गर्ने तयारी भएको छ । मन्दिराको ह’ त्या आशंकामा नाताले मृत कका दाजुपर्ने आठराई त्रिवेणी गाउँपालिका–३ हाम्पाङका रमेश अधिकारीलाई प्रहरीले पुस ९ गते नै पक्राउ गरेको छ । मंसिर १७ गते राती साविकको फुलबारी गाविसको पुछारमा पर्ने तमोर नदिको किनारमा रहेको खेतमा ह’ त्या गरेर मित्लाको झोलुङ्गे पुलबाट श’ व नदिमा फालेको बयान रमेशले प्रहरीलाई दिएकाछन् ।
ह’ त्या आरोपित रमेशलाई व्यक्ति बेपत्ता बनाएको कसुरमा सुरुवाती अनुसन्धानको दायरामा राखिएको भए पनि अब श’ व भेटिएकाले ज्या’ न उद्योगमा मुद्धा दर्ता गरि आवस्यक कारबाहि अघि बढाईने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिनुभयो । यता मन्दिराका परिवारले भने मन्दिराको अ पहरण र करणी पछि ह’ त्या भएको दावी गरेका छन् ।
यो पनि पढ्नुहोस : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीकी मन्दिरा अधिकारीको ह’ त्या आशंकामा एक व्यक्ति पक्राउ परेका छन् । १९ वर्षीया अधिकारी गत मंसिर १७ गतेदेखि वेपत्ता छिन् । सोहि गाउँपालिका ३ का रमेश अधिकारीलाई ह’ त्या आशंकामा प्रहरीले पक्राउ गरेको छ । रमेशले आफूले मन्दिराको ह’ त्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्र.नि. बिष्णु बहादुर खड्काले बताए ।
ति युवाले फूलबारी पुछारमा ह’ त्या गरेर शव तमोर दनीमा बगाएको बयान दिएको उनको भनाई रहेको छ । प्र.नि. का अनुसार तमोर किनारमा मन्दिरको आउटर, टप्स तथा रमेशको पन्जा समेत भटिएको छ । बयानका आधारमा प्रहरी र स्थानीयले तमोर नदीमा श’ वको खोजतलास भइरहेको खड्काले जानकारी दिए ।
तमोर नदी किनारै किनार तेह्रथुम र पाँचथरको सीमा क्षेत्र इवाको पुछारसम्म पुगेर श’ व खोजेको मन्दीराका काका चन्द्र अधिकारीले बताए । तमोर नदी बग्ने जिल्ला तेह्रथुम, धनकुटा, पाँचथर, सुनसरीमा प्रहरीलाई श’ व खोजिमा सहयोग गरिदिन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । शिक्षण पेशामा रहेका रमेश दुई महिना अघिसम्म मन्दीराको घरमा डेर गरी बस्ने गरेका थिए । मन्दिरा वेपत्ता भएपछि रमेशले गत मंसिर २५ गते विवाह गरेको समेत प्र.नि खड्काले जनाकारी दिए । मन्दिरा र रमेश बिच प्रेमसम्बन्ध रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको

No comments:

Post a Comment