Loading...

Thursday, January 9, 2020

इरानसँग बिना शर्त वार्ता गर्न तयार अमेरिका : आलोचक भन्छन्, १५ वटा मिसाइलले डराएको अमेरिका

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

वासिङटन-इरानसँग लगातार तनावपूर्ण सम्बन्धपछि अब अमेरिका बिना शर्त उक्त मुलुकसँग वार्ता गर्न तयार भएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले ट्रम्प प्रशासन बिना पूर्व शर्त इरानसँग वार्ताका लागि तयार भएको बताएका छन् ।
आइतबार स्वीट्जरल्यान्डका विदेश मन्त्रीसँग पत्रकार सम्मेलनको समयमा पोम्पियोले यस्तो बताएका हुन् । यो भन्दा पहिले गत साता डोनाल्ड ट्रम्पले पनि उनी बिना सत्ता परिवर्तन इरानी नेतृत्वसँग वार्ताका लागि तयार भएको बताएका थिए ।
सुरुमा पोम्पियोले इरानप्रति कडा व्यवहार देखाएकोमा हाल भने उनी यो मुलुकप्रति नरम भएका छन् । उनले भने,“हामी बिना शर्त वार्ताका लागि तयार छौ ।
यद्यपि इरानको गलत गतिविधिको बिरुद्धमा अमेरिकाको प्रयास जारी रहने छ ।” यो भन्दा पहिले पोम्पियोले जहिलेसम्म अमेरिकाको दर्जन माग पुरा पालना गर्दैन, त्यती बेला सम्म इरानमाथिको प्रतिबन्ध नहटाइने बताएका थिए । अमेरिकाको यी माग पूर्व सर्तको सट्टा आपसी वार्ताको अंश हुन सक्ने उनले बताए । इरानी नेतृत्व भने यी मागलाई खारेज गर्न सक्छ ।
इरान तथा अमेरिकाबीच गित केही सातादेखि तनावमा वृद्धि भएको थियो र दुवै देश युद्धको अवस्था देखिरहेका थिए । हालै मात्र पर्सियन खाडीमा अमेरिकाले १ हजार ५०० अतिरिक्त सेना तैनाथ गरेको छ र इरान बिरुद्धको सैन्य रणनीतिमा पनि परिवर्तन गरेको छ । अमेरिकाले इरानसंग बिना शर्त वार्ता गर्ने बताएपछि इरानसंग डराएको भन्दै डोनाल्ड ट्रम्पको आलोचना पनि भइरहेको छ।

No comments:

Post a Comment