Loading...

Friday, January 10, 2020

थर ढाँटेर कार्कीसंग विवाह गर्दा संगीताले गुमाइन् ज्यान, दुई वर्ष पछि यसरी खुल्यो ह त्याको रहस्य

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

उदयपुर, २५ पुष । आफ्नो थर ढाँटेर कार्की थरका युवकसंग प्रेम विवाह गरेकी संगीता विश्वकर्माले ज्यान गुमाएकी छन् । आफुलाई मगर बताउँदै संगीताले कटारी नगरपालिका ४ सिम्लेका युवराज कार्कीसंग प्रेम विवाह गरेकी थिइन् । संगीता उदयपुरको उदयपुरगढी गाउँपालिका ५ बाहुनीटारकी हुन् । १७ वर्षीया संगीता र प्रेम टेलिफोन संवादका क्रममा प्रेम भएको थियो । उनले आफुलाई मगर बताएकी थिइन् ।
लामो समयको प्रेम पछि संगीताले नै विवाहको प्रस्ताव गरेकी थिइन् । उनीहरुले २०७४ असार ३० गते विवाह गरेर काठमाडौं आएका थिए । काठमाडौंको गाडीमा चढेपछि संगीताले घरमा फोन गर्दै ‘मलाई नखोज्नू म विवाह गरेर काठमाडौं पुगें’ भनिन्। टेलिफोन सम्वादकै क्रममा युवराजले उनी विश्वकर्मा थरकी छोरी हुन् भन्ने पत्तो लगाएपछि घ ट नाले अर्कै मोड लियो । काठमाडौं पुगेर केही दिन बसेपछि युवराजले संगीतालाई घरमा पठाए । आफुभने केही दिन पछि आउँछु भने । यता छोरा नआई बुहारी नस्वीकार्ने भन्दै परिवारले संगितालाई घर भित्र पस्न दिएनन् ।
भोलिपल्ट युवराज आएपछि घर भित्रिइन् संगीता। परिवारका सदस्यले दलितकी छोरी भन्ने थाहा पाएपछि उनको ह त्या गरियो । । कटारी नगरपालिका ४ सिम्लेको गाउँनजिकको मरुवा जंगल निकै ग न्हाएपछि गाउँलेले सोधी खोजी गरे ।
प्रहरीको सहयोगमा जंगलमा गएर हेर्दा एउटा सडेगलेको अवस्थामा आ त्म ह त्या गरिएको जस्तो श व भेटियो । अनुहारमा ए सिड छ र्किएर नचिनिने भएको युवतीको श व आ त्म ह त्या नभई ह त्या हो भन्ने निष्कर्षमा प्रहरी पुगेको थियो । नजिकैको इलाका प्रहरी कार्यालय कटारीले घ टना को अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा नजिकमा युवतीले बोक्ने झोला र त्यसभित्र मोबाइलको सिम फेला पारेपछि संगीताको बारेमा थाहा भएको थियो ।
घटनापछि युवराजका परिवार फ रार थिए । झन्डै दुई वर्षको अनुसन्धानपश्चात प्रहरीले ह त्या भएको भन्दै गएको २०७६ मंसिर २२ देवर सुजन कार्कीलाई प क्राउ गरेपछि घ टना खुलेको हो ।
अनुसन्धानका क्रममा सुजनले भाउजुले थर ढाँटेपछि परिवारका सदस्यले योजना बनाएर ह त्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । कटारीबाटै सुजनलाई निय न्त्रण मा लिएर गरिएको अनुसन्धानपछि उनका बुबा र दाजुलाई पनि काठमाडौंको कपनबाट गएको २०७६ मंसिर २३ गते निय न्त्र णमा लिइएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment