Loading...

Thursday, January 9, 2020

श्रीमान छ‍ोडेर फेसबुक को केटा सँग बिहे गर्दा बेचिन पुगिन.

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


‘हाम्रो एक वर्षअघि फेसबुकबाटै परिचय भएको थियो,’ माइती नेपाल कक्षमा विमलाले भनिन्, ‘२/३ महिनासम्म दिनहुँ कुराकानी हुन थालेपछि उसले नै प्रेम प्रस्ताव गरेको थियो ।’ विमलाले ती युवकलाई फेसबुकमा बाहेक अन्त कतै देखेकी थिइनन् । तर प्रेमले अन्धो बनाएपछि उनी कहिल्यै नदेखेको व्यक्तिले बोलाउँदा घर छाडेर हिँडिन् ।
‘बैतडी भनेको मध्यपश्चिमको पहाडी जिल्ला हो भनेको थियो उसले,’ विमलाले भनिन्, ‘दिल्लीमै पढाइ गरिरहेको छु, पढाइ सकेपछि बिहे गरेर घर लैजान्छु भनेको छ ।’ उनले ती युवकप्रति आफू विश्वस्त भएकाले धोका दिन नसक्ने बताइन् ।
‘बरु उसैसँग बिहे गरेर बैतडी जान तयार छु, घर जाँदिनँ,’ उनले भनिन् । माइती नेपालले शनिबार गड्डाचौकीबाट उद्धार गरेको हो । ‘केटाको उमेर १७ वर्षमात्रै छ,’ माइती नेपाल कञ्चनपुर संयोजक महेश्वरी भट्टले भनिन्, ‘ऊ अहिले दिल्लीमा १० कक्षामा पढदै छ ।’ स्कुले केटालाई प्रयोग गरेर अन्य व्यक्तिले नै युवतीलाई ललाइफकाई भारत पुर्‍याउने योजना हुन सक्ने उनले बताइन्
। उद्धार गरी ल्याएकी विमलाले मरे पनि दिल्ली नै जाने भनिरहेकी थिइन् । उनले उता घरमा पनि श्रीमान्ले जथाभावी कुटपिट गर्ने भएकाले छोडेर हिँडेको बताइन् ।‘श्रीमान् घर भए दिनहुँ कुट्छ, मलाई पहिलेजस्तो माया पनि गर्दैन,’ उनले भनिन्, ‘माइतीमा पनि आमा सानैमा बितेकाले खासै मतलव हुँदैन ।’

No comments:

Post a Comment