Loading...

Wednesday, January 8, 2020

इराकीको घरमा काम गर्ने गोरखाकी माया गुरुङ भन्छिन्, सडकमा मान्छे कराइरहेको देख्छु, ब म पड्कि एको आवाज सुनिन्छ

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
काठमाडौँ — इराकको राजधानी बग्दादस्थित एक इराकीको घरमा गोरखाकी माया गुरुङ चार वर्षदेखि घरेलु कामदार छिन् । मंगलबार दिउँसो फोन सम्पर्कमा भेटिँदा उनी बच्चालाई खाना खुवाउँदै थिइन् । बच्चा कराइरहेको सुनिन्थ्यो । ‘यो घरमा ५ जना साना बच्चा छन् । खाना खुवाउनै गाह्रो छ,’ उनी भन्दै थिइन्, ‘यिनीहरूलाई खाना खुवाइसकेपछि मालिकमालिक्नीलाई खुवाउनुपर्छ ।’ फोन गरेका बेला उनका ‘मालिकमालिक्नी’ बाहिर निस्किएका थिए ।

गत शुक्रबारदेखि इराकमा अशान्त वातावरण बनेको उनलाई थाहा छ । ‘छतमा लुगा सुकाउन र निकाल्न जाँदा सडकमा मान्छे कराइरहेको देख्छु । सडकमा आगोको मुस्लो देखिन्छ । बेलाबेला ब म पड्कि एको आवाज सुनिन्छ,’ उनले सुनाइन् । उनलाई मालिक्नीले इरानका ठूलो नेता मा रि ‘एकाले तनाव बढेको भनेकी छन् । ‘मालिक्नीले घरमा काम गर्दा कुनै डर हुँदैन, केही भए नेपाल पठाइदिन्छौं भनेर सम्झाइरहेकी छन्,’ उनले भनिन् ।
त्यही घरमा गोरखाकै मनमाया गुरुङ र फिलोपिनो युवती पनि काम गर्छन् । ‘भारत, श्रीलंका, यूएई हुँदै बग्दाद आइपुगेकी हुँ । असल श्रीमान् परिदिएको भए यस्तो देशमा किन आउनुपर्थ्यो ?’ मायाले भनिन्, ‘यहाँ अहिले मासिक ६ सय डलर तलब पाइरहेकी छु । काठमाडौंमा छोरीहरूलाई पढाउँदै छु ।’

No comments:

Post a Comment