Loading...

Thursday, January 9, 2020

अमेरिका-इरान शत्रुता किन ? विश्वकै शक्तिशाली अमेरिकी सेनासँग जाेरी खाेज्ने इरान कति शक्तिशाली ?

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

काठमाडाैं, २३ पुस । इरानका उच्च सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणमा मृत्यु भएपछि अहिले विश्व तरंगित छ । कतिले सुलेमानीको हत्याले तेस्रो विश्वयुद्दलाई संघारमा ल्याएकोसम्मको टिप्पणी गर्न थालेका छन् भने विश्वमा पुनः धु्रविकृतको राजनीति बढ्ने खतरा पनि उदाएको बताउन थालेका छन् ।
अमेरिकाले सुलेमानी मारिदिएपछि इरानले त्यसको प्रतिशोधमा इराकमा रहेका अमेरिकाका दुईवटा सैनिक क्याम्पमा १२ वटा भन्दा धेरै मिसाइल आक्रमण गरेकाे छ । इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले देशको विशेष सैन्य दस्ता कुड्स फोर्सका प्रमख मेजर जनरल सुलेमानीको हत्याको ‘कठोर बदला’ लिने भनेर अमेरिकालाई चेतावनी दिएका थिए ।
आफूसँग शक्तिशाली हातहतियार र सेना भएकाे ट्रम्पकाे दावी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले मिसाइल आक्रमण गरेपछि आफूसँग शक्तिशाली हातहतियार र सेना रहेको बताएका छन् । ‘सबै ठीक छ ! इराकमा अवस्थित दुई सैन्य ठाउँमा इरानबाट प्रक्षेपण गरिएको मिसाइल र क्षतिको आकलन भइरहेको छ। हामीसँग सबैभन्दा शक्तिशाली र हातहतियारले सुसज्जित सेना छ ।’ ट्रम्पले ट्वीटमा लेखेका छन् ।
यसअघि नै ट्रम्पले इरानलाई कुनै पनि आक्रमणको योजना नबनाउन चेतावनी दिँदै आएका थिए । ट्रम्पले इरानले कुनै गलत कदम उठाए झन् सशक्त प्रतिकार गर्ने बताएका थिए ।
‘इरानियन ह्याकर्स’द्वारा अमेरिकी वेबसाइट ह्याक
अमेरिकन सरकारी निकाय फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको वेबसाइट आफूलाई इरानको बताउने ह्याकरले ह्याक गरेको थियाे । वेबसाइइट खोल्दा ‘इन द नेम अफ् गड’ अर्थात् भगवानको नाममा, इरान साइबर सुरक्षा समूह ह्याकर्स लेखेको पाइएकाे थियाे । यसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई इरान लेखिएको मुड्कीले गालामा हानिरहेको र ट्रम्पको मुखबाट रगत बगिरहेको तस्बिर राखिएथियाे ।
इरानियन ह्याकर्सले अमेरिकाकाे सरकारी निकायकाे वेबसाइट ह्याक गरेपछि राष्ट्रपति ट्रम्पले ५२ इरानी साइट आफ्नो निशानामा रहेको भन्दै अमेरिकामाथिको प्रहार इरानका लागि घातक हुने समेत ट्रम्पले दावी गरेका थिए । इरानको उच्च तहको राष्ट्रिय सुरक्षा र संस्कृति अमेरिकी निशानामा रहेकाले कुनै पनि गलत कदमले इरान नै ठूलै समस्या पर्ने ट्रम्पको भनाइ थियाे ।
अमेरिकी सेनालाई आतंककारी घोषणा
इरानी संसदले अमेरिकी सेना र अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’लाई समूह घोषणा समेत गरेको छ। सोलेमानीको मृत्यु भएपछि इरानी संसदले अमेरिकी सेनालाई आतंकारी घोषणा गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएपछि सांसदहरुले ‘डेथ टु अमेरिका’ भन्ने नारा लगाएको सीएनएनले जनाएको छ ।
इरानी विदेश मन्त्री जाभद जाफिरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अपराध गरेको आरोप लगाएका पनि लगाएका थिए । सिएनएनसँग कुरा गर्दै जाफिरले ट्रम्पले इरानसँग परमाणु सम्झौता तोडेपछि मध्यपूर्वमा अस्थिरता उत्पन्न भएको बताउँदै भने,’ अमेरिकाले आफ्नो गल्ती नसच्चाए अझै धेरै खराब दिन आउन सक्छ।’
ट्रम्पको टाउकोको मूल्य ८ करोड डलर
बेलायतको पत्रिका मिररका अनुसार इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउने व्यक्तिलाई ८ करोड अमेरिकी डलर इनाम दिने घोषणा गरेको छ ।
सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला इरानले इरानले आफ्नो जनसंख्या बराबर ट्रम्पको टाउकोको मूल्य तोकिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
‘इरानमा ८ करोड बासिन्दाहरू छन् । हामी प्रत्येक नागरिकबाट एक एक डलर उठाउछाैँ, जुन राष्ट्रपति ट्रम्पको टाउको ल्याउनेलाई इनाम स्वरूप दिनेछाैँ ।’ सुलेमानीको अन्त्येष्टिका क्रममा एक प्रशंसकले घाेषणा गरे ।
अमेरिकी राष्ट्रपति ट्रम्प ट्वीटरमा लगातार इरानको बिरुद्धमा पोस्ट गर्दै आएका छन् । टाउकोको पुरस्कार तोकिएपछि ट्रम्पले पनि ट्वीट गरेका छन्। उनले भने, ‘इरानले यदी कुनै अमेरिकी प्रतिष्ठान तथा अमेरिकीलाई चोट पुर्याएमा उसलाई तत्काल तथा पुरै किसिमले खतरनाक रुपमा जवाफ दिइने छ।’
पूरानै शत्रुता
१९ औँ शताब्दीदेखि नै इरान र अमेरिकाबीच शत्रुता भएकाे पाइन्छ । इरान प्राकृतिक ग्यास र तेलमा धनी देश हाे । ग्यास र तेलको भण्डारण र उत्खनन् सुरु भएपछि इरान शक्ति अमेरिकाकाे नजरमा पर्न थालेको थियाे ।
३० वर्षको अमेरिका-इरानबीचको शत्रुतापूर्ण सम्बन्धलाई पूर्व राष्ट्रपति बराक ओबामाले केही सुधार गर्ने प्रयास गरेका थिए। तर ट्रम्प अमेरिकाकाले राष्ट्रपति बनेपछि सम्बन्ध चिसिन थाल्याे ।
इरानले सन् २०१५ मा ‘आणविक सम्झौता’ गरेको थियो । यो सम्झौताअनुसार इरानले आफूसँग रहेको युरेनियम केवल इन्धनका लागि मात्रै खर्च गर्न पाउने र आणविक हतियार बनाउन नपाउने उल्लेख थियो ।
ट्रम्पले राष्ट्रपतिको सपथ लिए लगत्तै इरानसँगको सम्झौता खारेज गर्ने बताउँदै आएका थिए। ट्रम्पले मे २०१८ मा अन्तत: एकपक्षीय रुपमा आणविक सम्झौता खारेज गरेर नयाँ नाकाबन्दीको घोषणा गरिदिए गरेका थिए ।
ट्रम्पले आणविक सम्झौता तोडेपछि र मध्यपूर्वमा अमेरिका र उसका सहयोगीको प्रमुख सत्रु आइएसको क्यालिफेट ध्वस्त भएपछि सुलेमानी नयाँ चुनौतीका रूपमा उदाएका थिए।
किन मारिए सुलेमानी ?
इराकको राजधानी बग्दादमा विमानस्थल नजिक अमेरिकी हवाई आक्रमणमा मारिएका इरानी मेजर जनरल कासिम सुलेमानी अमेरिकाका ठूला शत्रु थिए । इरान रेभोल्युसनरी गार्ड्सको विदेशमा काम गर्ने इकाइ कुद्स फोर्सको जिम्मेवारी सम्हालेका सुलेमानी इरानका लागि निकै महत्वपूर्ण व्यक्ति मध्येका एक थिए ।
पश्चिम एसियाका सबै मिसनलाई उनले नै सञ्चालन गर्ने गरेका थिए । विशेषगरी इराकमा उनको महत्वपूर्ण भूमिका रहेको मानिदै आएको थियो । बग्दादलाई इस्लामिक स्टेटको आतंकबाट बचाउनका लागि उनको नेतृत्वमा इरानसमर्थक फोर्स गठन भएको थियो ।
त्यसको नाम पपुलर मोबिलाइजेसन फोर्स थियो । सन् १९८० को दशकमा इराक र इरानबीच चलेको रक्तरञ्जित युद्धमा उनले प्रमुख भूमिका खेलेका थिए । त्यस युद्धमा अमेरिकाले इराकका तानाशाह सद्दाम हुसेनलाई साथ दिएको थियो ।
त्यहाँ देखि आफ्नो शत्रु मान्दै आएको अमेरिकाले उनीविरुद्ध पटकपटक चेतावनी दिने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुलेमानीले सशस्त्र संगठन हेज्बोल्लाह, प्यालेस्टाइनमा सक्रिय आतंकवादी संगठन हमास लगायतलाई समर्थन दिएका थिए ।
उता, सिपिरयामा समेत फरकफरक समर्थन रहनुमा पनि सुलेमानलाई नै कारण मानिँदै आएको थियो । इरानका परराष्ट्रमन्त्री मोहम्मद जवाद जरिफले कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीलाई अमेरिकाले गरेको हत्या अन्तर्राष्ट्रिय आतंकवाद संज्ञा दिएका छन् ।
अमेरिकाले देखाएको अराजक रोमाञ्चको दुष्परिणाम उसले भोग्नुपर्ने जरिफको चेतावनी छ । उता, ट्रम्पको आदेशबाट मारिएको विषय सार्वजनिक भएसँगै अमेरिकी सिनेटरले प्रश्न गर्दै ट्रम्पले पदीय मर्यादा दुरुपयोग मात्र नभई युद्धको सन्त्रास बढाएको बताएका छन् ।
इरानी सैन्य जनरलको हत्यापछि मध्यपूर्वमा थप चुनौती थप्ने बताइएको छ । आक्रमणबाट युद्धको अवस्थामा मात्रै प्रभाव नपरी तेलको मूल्यमा समेत प्रभाव पर्ने सक्ने अनुमान गरिएको छ । जनरलको मृत्युसँगै तेलको मूल्यमा ४ प्रतिशत वृद्धि भइसकेको छ ।
अमेरिका र इरान काे, कति बलियाे ?
पछिल्लो समय इरान र अमेरिका युद्धको तयारीमा रहेका छन् । तर, युद्धको तयारी भइराख्दा कुन देश कत्ति शक्तिशाली भन्ने कुराले पनि उत्तिकै महत्व राख्छ ।
सेनाको अध्ययन गर्ने संस्था ग्लोबल फायर पावरले सन् २०१९ मा सार्वजनिक गरेकाे शक्तिशाली सेनाको सूचीमा अमेरिका पहिलाे स्थानमा छ भने इरान १४ औं स्थानमा छ ।
अमेरिकी सेना
ग्लोबल फायर पावर अनुसार सबैभन्दा शक्तिशालि सेना रहेकाे अमेरिकामा २१ लाख ४१ हजार भन्दा धेरै सेना छन् । तर १२ लाख ८१ हजार मात्रै सक्रिय छन् । सबैभन्दा अत्याधुनिक हतियार पनि अमेरिकासँग नै छ ।
अमेरिकासँग १३ हजार ३ सय ६२ वटा अत्याधुनिक विमान छन्, जसमा १ हजार ९ सय ६२ वटा युद्धविमान छन् । ४ सय १५ वटा जहाज छन् । त्यसमध्ये २० वटा जहाजले विमान बोक्न सक्छन् । ५ हजार ८ सय ८४ वटा कम्ब्याट ट्यांक छन् ।
अमेरिकी सरकारको बजेटको सबैभन्दा ठूलो हिस्सा सैनिकका लागि खर्च हुन्छ । ६ सय ४७ बिलियन बजेट अमेरिकाले सेनाका लागि छुट्याउने गरको छ । विश्वमा सेनाका लागि सर्वाधिक बजेट छुट्याउने देश अमेरिका नै हो ।
इरानी सेना
इन्टरनेशनल इन्स्टिच्युट फोर स्ट्रटिजिक स्टडिजलाई उद्धृत बिबिसीले इरानसँग आठ लाख ७० हजार सेना छन् । तर पाँच लाख २३ हजार मात्रै सक्रिय रहेको ग्लोबल फायर पावर जनाएकाे छ । जसमा साढे तीन लाख सेना र इस्लामिक रेभुलसनरी गार्ड्स कोर (आईआरजीसी) का कम्तीमा डेढ लाख जवान छन्।
यस्तै आईआरजीसीको जलसेनामा थप २० हजार सैनिक छन् भने आन्तरिक विद्रोह दमन गर्न सघाउँदै आएको स्वयंसेवीहरूको एउटा एकाइमा पनि आईआरजीसीको नियन्त्रण रहेको बिबिसीले जनाएको छ।
इरानी सेनासँग क्षेप्यास्त्र पनि छ । प्रतिद्वन्द्वी इजरायल र साउदी अरबको तुलनामा उसको वायुसेनाको क्षमता कमजोर भएकाले इरानका लागि क्षेप्यास्त्रको ठूलो सामरिक महत्त्व भएको बिबिसीले जनाएको छ।
उसँग लामो र मध्यम दूरीका क्षेप्यास्त्र छन्। तिनले मध्यपूर्वमा अमेरिकी साझेदार देशहरू इजरायल,साउदी अरब तथा युएईसम्म मार हान्न सक्छन्।
यस्तै इरानसँग अस्त्रयुक्त आधुनिक ड्रोनहरू पनि छ। इराकमा इस्लामिक स्टेटविरुद्धको लडाइँमा इरानले तिनको राम्रै प्रयोग गरेको थियो।

No comments:

Post a Comment