Loading...

Thursday, January 2, 2020

सैनिक हेलिकप्टर दुर्घटना प्रधान सेनापतिसहित आठ जनाको मृत्यु

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
एजेन्सी / ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको छ । ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा दुर्घटना भएको थियो।


प्रधान सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए । हेलिकप्टरमा सवार पाचँलाई जिवितै उद्धार गरिए पनि प्रधानसेनापति मिङ र अन्य सात जनाको भने मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।मृतकमध्ये दुई मेजर जेनरल, रक्षा मन्त्रालयका उपप्रमुख, लेफ्टिनेन्ट कर्नेल, एक क्याप्टेन, दुई सिनियर मास्टर सर्जेन्ट र एक मेजर रहेका छन् । हेलिकप्टर किन आकस्मिक अवतरण गर्नुपर्‍यो भन्ने कारण खुल्न सकेको छैन।जनवरी ११ मा संसद र राष्ट्रपतिको चुनाव हुन लागेको ताइवानमा मतदानको एक साताअघि यो दुर्घटना भएको हो।काठमाडौं, १७ पुष। बाजुरामा जीप सडकबाट कर्णाली नदीमा खस्दा चारको ज्यान गएको छ भने चार घाइते र एक जना बेपत्ता भएका छन्।जीप दुर्घटना हिमाली गाउँपालिका वडा नं ७ मा भएको हो । जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको, ४ जना घाइते र एक जना बेपत्ता भएको प्रहरीले बताएको छ।से १ ज १०६४ नम्बरको जीप कर्णाली नदीमा खसेको बताइएकाे छ । प्रहरीका अनुसार घाइतेहरुको उपचार भइरहेको छ र बेपत्ताको खोजी भइरहेको छ ।


No comments:

Post a Comment