Loading...

Saturday, January 11, 2020

शुक्रबार बिहान ह त्या गरिएका दिलीपकुमार महतोलाई तीन दिनअघि मात्र क्र सर सञ्चालकले ज्या न मा र्ने ध म्की दिएका थिए

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

२५ पुस, जनकपुरधाम । शुक्रबार बिहान ह त्या गरिएका दिलीपकुमार महतोलाई तीन दिनअघि मात्र क्रसर सञ्चालकले ज्या न मा र्ने ध म्की दिएको खुलासा भएको छ ।
महतोलाई शुक्रबार विहान टिपरले किचेर ह त्या गरिएको थियो । यद्यपि परिवारका सदस्यहरुले कु टपि ट गरेर ह त्या गरेको र त्यसपछि टिपरले किचेको दाबी गरेका छन् ।
मृ तकका बुवा रामजीवन महतोका अनुसार उनले ५ कठ्ठा जग्गा क्रसर उद्योगी बिपिन महतोलाई भाडामा दिएका थिए, जहाँ चुरियामाई क्रसर उद्योग सञ्चालनमा छ ।
भाडाको रकम लिन भन्दै रामजीवन तीन दिन अघि मात्र विपिनकहाँ पुगेका थिए । उनले २५ हजार दिन आजकै भाका दिएका थिए । त्यही भेटमा ‘आफ्नो छोरालाई सम्झाइहाल, कतिखेर (ज्या न) जान्छ थाहा छैन’ भनेको महतोले सुनाए ।
उनले त्यसलाई ग म्भीर रुपमा लिएनन् र, छोरा दिलीपलाई पनि भन्न पाएका थिएनन् । २४ वर्षका दिलीपले भने अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको भन्दै साथीहरुसँग छलफल तथा विरोध गर्ने गर्दै आएका थिए ।
शुक्रबार विहान दिलीपलाई बिहान ४ बजेतिर रोशन यादवले बोलाएर लगेका थिए ।
तर टिपरले किचेको खबर आयो । आफू घटनास्थलमा पुग्दा वडा नम्बर ५ का वडाध्यक्ष, प्रहरी र क्रसर उद्योगका मानिसहरु मात्र भेटेको मृत ककी बहिनी लक्ष्मीले सुनाइन् ।

No comments:

Post a Comment