Loading...

Sunday, January 5, 2020

ट्रम्पको टाउकोको मूल्य तोकियो, जसले मार्न सक्छ उसलाई १० अर्ब !

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकोको मूल्य तोकिएको छ । इरानी जनरल कासिम सुलेमानीको अन्तिम संस्कारको क्रममा यो मूल्य तोकिएको हो । इरानले ट्रम्पको टाउकोको मूल्य ८० मिलियन डलर (करिब १० अर्ब नेपाली रुपैयाँ) तोकिएको बेलायती मिडिया मिररको एक रिपोर्टमा उल्लेख छ ।

जनरल सुलेमानीको अन्तिम संस्कार टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । यस क्रममा इरानको आधिकारिक प्रसारकले प्रत्येक इरानी नागरिकले एक डलर जम्मा गर्ने घोषणा गरेका छन् । यो रकम ती व्यक्तिलाई दिइनेछ जसले अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या गर्नेछन् । २०१७ को तथ्यांकअनुसार इरानको कूल जनसंख्या ८ करोड ११ लाख ६० हजार छ । ती सबैले १–१ डलर रकम जम्मा गर्नेछन् ।
‘इरानको जनसंख्या ८० मिलियन छ। इरानी जनसंख्याको आधारमा हामीले ८० मिलियन डलर डलर जम्मा गर्न चाहन्छौं । यो रकम ती व्यक्तिलाई पुरस्कारस्वरुप दिइनेछ जसले अमेरिकी राष्ट्रपति ट्रम्पको अन्त्य गर्न सक्नेछन्’ जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा यस्तो घोषणा गरिएको थियो । इरानी कुद्स फोर्सका कमाण्डर मेजर जनरल सुलेमानीलाई शुक्रबार बिहान अमेरिकाले ड्रोन आक्रमणमा मारिदिएको थियो ।
जनरल कासिम सुलेमानीको शव आइतबार इरान पुगेको थियो । आइतबार तेहरानमा सुलेमानीको शवयात्रामा विशाल जुलुस निस्किएको थियो । जुलुसको सुरुवात अहवाजबाट भएको थियो । अहवाजमा हजारौंको संख्यामा इरानीहरु जम्मा भएका थिए । उनीहरुले अमेरिका, इजरायल र साउदी अरबविरुद्ध नारा लगाए । इजरायल र साउदी इरानका क्षेत्रीय दुश्मन हुन् र उनीहरु पनि वर्षौंदेखि सुलेमानीको हत्या गर्न प्रयासरत थिए ।
सुलेमानीको पार्थिव शरीरसँगै इराकको पपुलर मोबिलाइजेशन फ्रन्टका डेपुटी कमाण्डर अबु महदी अल मुहान्दिसको शव पनि इरान ल्याइएको थियो । उनको शव डीएनए परीक्षणको लागि ल्याइएको थियो । अबु महदी पनि अमेरिकी आक्रमणमा सुलेमानीसँगै मारिएका थिए । मुहान्दिस इराकको पपुलर मोबिलाइजेशन फ्रन्टका सेकेण्ड इन कमाण्ड थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने लगातार इरानलाई धम्की दिइरहेका छन् । आफ्नो टाउकोको मूल्य तोकिएपछि पनि उनले ट्वीट गर्दै इरानले अमेरिकी प्रतिष्ठान वा नागरिकलाई कुनै क्षति पुर्याएमा तत्कालै खतरनाक जवाफ दिइने बताए । ट्रम्पले अमेरिकाले सैन्य उपकरणमा मात्र २ ट्रिलियन डलर गर्च गरेको बताउँदै आफूहरु संसारमा सबैभन्दा ठूलो र सबैभन्दा राम्रो भएको समेत बताए । ट्रम्पले एकपछि अर्को गर्दै लगातार ट्वीट गरिरहेका छन् । उता इरानले पनि २०१५ मा भएको परमाणु सम्झौताको कुनै पनि शर्तको बन्धन अब आफूले नमान्ने घोषणा गरिसकेको छ । इरानको घोषणासँगै अमेरिकासँग उसको तनाव अझै बढ्ने अनुमान गरिएको छ ।
शुक्रबार अमेरिकाले इरानी जनरल कासिम सुलेमानीको हत्या गरेसँगै इरानले अमेरिकासँग बदला लिने चेतावनी दिएको थियो । लगत्तै शनिबार र आइतबार राती इरानले लगातार बगदादमा अमेरिकी दूतावास र बलाद एयरबेसमा रकेट आक्रमण गर्यो । यो आक्रमणपछि अमेरिका पनि आक्रोशित भयो र खुलेर मैदानमा आयो । अमेरिकी राष्ट्रपटि ट्रम्पले आफ्नो सेनाले ५२ इरानी बेसको पहिचान गरिसकेको बताउँदै इरानले अमेरिकालाई नोक्सान पुर्याउने काम गरेमा यी ५२ वटै बेस उडाइदिने धम्की दिए । फ्लोरिडामा विदा मनाइरहेका अमेरिकी राष्ट्रपटि ट्रम्पले त्यहीँबाट इरानलाई धम्की दिन सुरु गरेका थिए ।
ट्रम्पको धम्कीसँगै इरान सक्रिय भएको छ । मध्यपूर्वमा इरान पनि कम शक्तिशाली छेन । मध्यपूर्वमा इरान समर्पित प्रोक्सी फोर्सले विनाश मच्चाउन सक्न्े अनुमान गरिएको छ । यमनमा इरानलाई हुती विद्रोहीको समर्थन प्राप्त छ । यस्तै लेबनानमा हिजबुल्लाह र इराकमा शिया मिलिसियाले इरानलाई समर्थन गर्छन् । युद्धको स्थिति आउन लागेपछि युरोपेली संघ सहित कैयौं देशहरुले शान्ति बहालीको अपिल गरेका छन् । युरोपेली संघका विदेश नीति प्रमुख जोसेफ बरेलले शनिबार तनाव घटाउनुपर्नेमा जोड दिए । उनले दुवै देशसँग शान्ति बहालीको अपिल गरेका छन् ।
इरानी विदेश मन्त्री मोहम्मद जावेद जरीफसँग बेल्जियमको राजधानी ब्रसेल्समा छलफल गरेपछि बरेलले ट्वीट गर्दै छलफलमा तनाव घटाउनेतर्फ जोड दिइएको जानकारी दिए । चीनका विदेशमन्त्री वांग यीले अमेरिकालाई सैन्य शक्तिको गलत प्रयोगमा नियन्त्रण गर्न सल्लाह दिएका छन् । वांग यीले रुसका विदेशमन्त्री सर्गेइ लावरोभसँग फोनमा यस विषयमा कुराकानी पनि गरेका छन् । यस क्रममा उनले सैन्य दुस्साहस कुनै पनि स्थितिमा स्वीकार्य नहुने बताएका थिए ।
सिरियाको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै इरान र इराकप्रति समवेदना व्यत्तिः गरेको छ । उसले वक्तव्यमा अमेरिकाको आलोचना गरेको छ । वक्तव्यमा इराकको अस्थिरताको कारण अमेरिका भएको आरोप लगाइएको छ । बतार र लेबनानको विदेश मन्त्रालयले पनि वक्तव्य जारी गरेर सम्बद्ध सबै पक्षहरुसँग संयमका साथ अगाडि बढ्न अपिल गरेका छन् । उनीहरुले मध्यपूर्वमा स्थिति नबिग्रियोस भन्नेतर्फ ध्यान दिन अपिल गरेका छन् ।

No comments:

Post a Comment