Loading...

Saturday, January 11, 2020

साथीको छोरीको संवेदनशील अंग छुदा इटहरीका कर्णेलको जागिर चट

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

इटहरी । आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागिरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना इटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अङ्ग मुसारेको अभियोगमा बर्खास्त भएका छन् । त्यस्तै, मेकानिकल इञ्जिनियरिङतर्फ धनगढीमा कार्यरत एक जना मेजरले सेनाभित्रकै एकल महिलासँग फेसबुकमा नाङ्गिने क्रममा उनकी छोरीको उजुरीको कारण घटुवामा परेपछि राजीनामा दिएका छन् ।
सैनिक हस्पिटल छाउनीमा कुमाल थरकी महिला सिपाहीसँँग शारीरिक सम्बन्ध राख्ने जमदार उत्सव महरासहित दुई जनाको जागिर जानुका साथै ३–३ महिनालाई जेल चलान गरिएको छ । सेनामा प्ले ब्वाईको उपनामले चर्चित महासेनानी दीप सिंहले भने भर्खरै राजीनामा दिएका छन् । अझै ३ वर्ष सेवा अवधि बाँकी छँदै किन राजीनामा दिए होलान् ? बुझ्न गाह्रो छैन ।
यसैबीच, पूर्व सेनापति रुक्मांगद कटवालको छोरा प्रमुख सेनानी सुमांगतको शैक्षिक प्रमाणपत्रमा खोट देखिएर जागिर गएपछि इण्डियाबाट सर्टिफिकेट ओसार्ने अन्य अधिकृतलाई पनि खतराको घण्टी बजेको छ । यसै सिलसिलामा प्रमुख सेनानी अमरसिंह थापा र सुजित खड्काको जागिर जाने पक्का भएको चर्चा छ

No comments:

Post a Comment