Loading...

Friday, December 6, 2019

भर्खरै चितवन बाटअर्को ठुलो दु’खद खबर-…

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
चितवन, मंसिर १९। चितवन मेडिकल कलेजका विद्यार्थीमाथि प्रहीले लाठीचार्ज गरेको छ । चिकित्सा शिक्षा शास्त्रको प्रथम बर्षको परीक्षा चलिरहेको बेला छात्राबास भित्रै प्रवेश गरेर विहीबार प्रहरीले विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेको हो ।मेडिकल कलेजको भरतपुर ५ कैलाशनगरमा रहेको छात्राबासभित्र छिरेका प्रहरीले एकाएक विद्यार्थीमाथि लठ्ठी भाँचिने गरी लाठीचार्ज गरेको विद्यार्थी कला अधिकारीले जानकारी दिइन्। प्रहरीको कुटाईबाट एमबिबिएस दोश्रो बर्षमा अध्यानरत पिसजोन जोशी र एमबिबिएस प्रथम बर्षकी भावना राजवंशी रहेका छन् ।घाइते दुबैलाई उपचारको लागि अस्पताल लगिएको छ। जोशीको नाकमा चोट लागेको छ भने राजवंशीको प्रहरीको लाठीचार्जबाट शरीरका विभिन्न स्थानमा चोट देखिएको छ । लामो समयदेखि आन्दोलित विद्यार्थीले कलेजको

प्रशासन शाखामा लगाएको ताला प्रहरीले खोलेको भन्दै विद्यार्थीले बिरोध जनाएपछि झडप भएको थियो ।चिकित्सा शास्त्रमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले परीक्षा नै बहिष्कार गरेका छन् । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सरकार र मेडिकल माफिया मिलेर विद्यार्थीको आन्दोलन तुहाउने गरेर गरेको सहमती आफूहरुलाई मान्य नहुने भन्दै आन्दोलनलाई जारी राखेका छन् ।सबै विद्यार्थीबाट बढी लिएको शुल्क फिर्ता तथा समायोजन नभएसम्म आन्दोलन जारी रहने भन्दै परीक्षा बहिष्कार गरेको विद्यार्थी मान्यता थापाले बताइन् । चिकित्सा शिक्षा स्नातक तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थीले बुधबारबाट सुरु भएको बोर्ड परीक्षा बहिस्कार गरेका हुन् ।बुधबारबाट सुरु भएको प्रथम बर्षको परीक्षाको पहिलो दिन वि फार्मेसी , विएसआइटि , विएससिएमएलटि , विएएसएलपि , विपिएमको परीक्षा तोकिएको थियो ।

No comments:

Post a Comment