Loading...

Saturday, December 21, 2019

अवतरण गर्ने क्रममा धावनमार्गमा विमान दुर्घटना दुर्घटनाग्रस्त

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...
दक्षिण सुडानको उत्तर पश्चिममा रहेको सहर वाउकोवाउ विमानस्थलमा यात्रुवाहक विमान दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। उपचाररत घाइतेहरूको अवस्था अत्यन्तै गम्भीर तर स्थिर अवस्थामा रहेको अस्पतालले जनाएको दक्षिण सुडानका सूचनामन्त्री गाउ डेन्सिओले बताएका छन्। साउथ सुिप्रम विमान
कम्पनीको विमान ४९ यात्रु लिएर जुवाबाट वाउका लागि छुटेको थियो। विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो । अवतरणका समय धावनमार्गमा विमानबाट बाक्लो कालो मुस्लो निस्केको दृश्य स्थानीय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ। विमानको पछिल्लो केही भाग बाहेक सबै जलेको छ। विमानमा रहेका अन्य यात्रु सकुशल रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

No comments:

Post a Comment