Loading...

Monday, August 19, 2019

पत्रकार पुडासैनीले डोरी किनेको होलसेल पसल भेटियो, सीसीटीभी फुटेजमा देखियो यस्तो दृश्य

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


काठमाडौं, २ भदौ । पत्रकार शालिकराम पुडासैनीको ह*त्या कि आ*त्मह*त्या भन्ने विवाद चर्किरहेका बेला पुडासैनीले डोरी किनेको पसल भेटिएको छ ।
गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा देखिएको हो ।
चितवन प्रहरीले श्रेष्ठको पसलको सीसीटीभीको हार्डडिस्क नै लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले आइतबार साँझ हार्डडिस्क लगेर थप अनुसन्धान थालेको हो ।
बसपार्कको होटल कंगारुमा दिउँसो ३.३० बजे आएका पुडासैनीले कोठा बुक गरेपछि बाहिर निस्किएर डोरी किनेका थिए । बसपार्क नजिकै सडकको जेब्राक्रस कटेर एक्लै आएका पुडासैनीले डोरी मागेको पसलको सीसीटीभी फुटेजमा देखिएको छ ।
लुगा सुकाउन भन्दै पुडासैनीले ५ मिटरको डोरी मागेको भिडियोमा देखिएको चितवन प्रहरी स्रोतले बतायो ।
होलसेलबाट खुद्रा सामान नबेच्ने भनेपछि पुडासैनी निकैबेर पसलमा रोकिएको भिडियोमा देखिन्छ । धेरैबेर बसेपछि होलसेल पसलकी आमाले डोरी दिन कामदारलाई भनेकी थिइन् ।
पसलमा काम गर्ने कामदारले पाँच मिटरको डोरी नापेर दिएको दृश्य भिडियोमा छ । पुडासैनीले पैसा तिरेर प्लाटिकको झोलामा राखेर डोरी लगेको देखिन्छ ।

No comments:

Post a Comment