Loading...

Friday, April 26, 2019

बैदेशिक रोजगारीले निम्ताएको कहाली लाग्दो यथार्थ चरित्रको प्रमाण हो रिना मृत्यु प्रकरण !यस्तो छ रहस्य

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...

काठमाडौं , धेरै नेपालीको नियति भनौ या बाध्यता हो बैदेशिक रोजगारी । भने जस्तो आम्दानीको श्रोत नहुनु भने जस्तो जागिर नपाउनुको पिडा संगै भौतारिएका हजारौ युवाको गन्तब्य स्थल बन्छ परदेशी भुमी । वृद आमा बाको बुढेश कालको बैशाकी बन्नका लागि होस् या आफ्ना फुल जस्ता सन्तानको सुखद भविष्यको कल्पना गरेर होस् भिदेशी भूमिमा पसिना संग पैसा साट्न बाध्य छन् हजारौ नेपालि । संगै जिउने संगै मर्ने कसम खाएकी अर्धांगिनी लाई बिस्वासको चाबि सुम्पिएर आखा भरि आशु पर्दै बिदेशिन बाध्य हुन्छ एउटा नेपालि ।
बिरानो मुलक १५/१६ घण्टाको निरन्तरको महन्तमा पनि कति पछुतो नमानी परिवारको खुशीको लागि पौठाजोरी खेल्दैखेल्दा आशा र भरोषाको दियो निभ्छ । सायद यस्तै घटनाको एक पात्र हुन् पथरीका सतोष बस्नेत। श्रीमान बैदेशिक रोजगारीमा हुदा बेरोजगारीले परिवार कसरी भत्किँदैछ भन्ने प्रमाण पनि रिनाको मृत्यु प्रकरण हो ।मिडियामा रिनाका १४ बर्षीय छोरा साइमनले दिएको अभिव्यक्ति, पक्राउ गरिएका रिनाका प्रेमी भनिएका कमल नेपालले प्रहरीमा दिएको बयान र वैदेशिक रोजगारीका क्रममा दुबईबाट घटनापश्चात फर्किएका रिनाका पति सन्तोष बस्नेतले दिएको बयानले यसलाई पुष्टि गर्छ ।
वैदेशिक रोजगारमा पति विदेश हुँदा खुला समाजमा रमाउने पत्नी सामाजिक बन्धनबाट पाएको मुक्तिको अधिक प्रयोग गर्छिन् ।यहि प्रयोगका क्रममा उनको भेट अथवा कुराकानीको शीलशीला कमल नेपालसँग हुन्छ । यो कुराकानी भौतिक भेट गराउने माध्यम हुँदै प्रेम सम्बन्धसम्म झाँगिन्छ । यस्तो सम्बन्धमा खुसी, आवश्यकता, अनौपचारिकता र आवेग सबैको प्रयोग स्वभाविक बन्ने गरेका समाजका अन्य उदाहरण पनि छन् ।छोरासँग प्रेमीको भेट पनि गराएकी रहिछन् उनले ।कसरी चिनाउने गर्थिन् त्यो अर्को पाटो भयो।रिना का छोरा सैमंले बयानमा भनेका छन्,‘बाबुलाई यो सम्बन्धबारे भन्ने छुट थिएन ।
भन्ने कुरै आएन ।’समाजमा यो चरित्रको मृत प्रमाण रिना भइन् । तर, यो प्रतिनिधि उदाहरण हो । यस्ता सम्बन्धका अनेक आयाम अहिले पनि सहरोन्मुख ठाउँमा पर्याप्त हुन सक्छन् । सन्तोष बस्नेतले पत्नीको मृत्युपछि मात्र उनको प्रेम सम्बन्ध रहेको चाल पाएको बताएका छन् । ‘यस अघि थाहा थिएन, मृत्यु प्रकरणपछि विभिन्न पाटा खुले । यसै सन्दर्भमा थाहा पाएँ’, उनले भनेका छन् ।रिनाका पति जस्तै विदेशमा रहेका कतिपय युवा यस्ता सम्बन्धका विविध पाटासँग जानकार हुँदैनन् । पारिवारिक आर्थिक व्ययभार र भविष्यका लागि जोहो गर्न परदेशीएका युवाका लागि यो ‘पीडादायी’ नमूना हुन सक्छ ।
रिना मृत्यु प्रकरण मा उनका साथि भाउजु लगाएतको बयान ले पनि कहाली लाग्दो पाटो को उजागर गरेकै छ । श्रीमान बैदेशिक रोजगारी मा रहेका बखत दैनिक मादक पदार्थ सेवन गर्नु , रात्रिकालीन समय मा पनि मनोरज्जन्को को लागि विभिन्न कर्न्सर्ट मा रमाउन पुग्नु , घर फर्किँदा पनि मदिरासहित फर्किनु लगाएतले पारिवारिक बिचलन ल्याउन यथेष्ट संकेत गरेको छ ।

No comments:

Post a Comment