Loading...

Monday, April 8, 2019

परिवारलाई खुशी पार्न मलेशिया गएको २८ दिनमा नै ज्यान गुमाए रामुले परिवारमा रुवाबासी

तलको चित्र मा क्लिक गरि समाचार पढ्नुहोस

Loading...


काठमाण्डौ – आइतबार राती मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । ज्यान जाने मलेसियाको मुतियारा कायामास कम्पनीमा काम गर्ने नेपालीमा रामु चौधरी र जगरनाथ सिंह दनुवार रहेको यही कम्पनीमा कार्यरत रमेश पन्थीले उज्यालोलाई जानकारी दिनुभएको छ । दुर्घटनामा ज्यान गुमाएका रामु चौधरी घर विदामा नेपाल आएर २८ दिन अघि मात्रै मलेसिया फर्किनुभएको थियो ।

घाइते हुनेहरुमा केशव थापा, लोकेश ओली, कृष्णबहादुर पुन मगर, भरत शाही, पदमबहादुर कवार, सुमन काम्छा मगर, सन्तोषकुमार यादव, लोकेन्द्रबहादुर शाही, सुरज यादव, महेशकुमार बुढाथोकी, विश्वकर्मा मण्डल र सन्तोषकुमार साह रहेको कम्पनीले उल्लेख गरेको छ । घाइतेमध्ये केशव थापा, लोकेश ओली, विश्वकर्मा मण्डलको अवस्था गम्भिर रहेकाले आइसियूमा उपचार भइरहेको कम्पनीले उल्लेख गरेको छ ।

होस्टलबाट रातीको सिफ्टमा काम गर्न कार्यस्थलतर्फ जाँदै गर्दा स्थानीय समय अनुसार आइतबार राति झण्डै ११ बजेर १० मिनेटमा बस दुर्घटनामा परेको थियो । बस विमानस्थलको कार्गोमा कामदार बोकेर गइरहेको पन्थीले बताउनुभयो ।

बस दुर्घटनामा पर्नुअघि बसका चालक फोनमा झगडा गरिरहेको र सोही कारण दुर्घटना भएको घाइतेले बताएको पन्थीले उज्यालोलाई जानकारी दिनुभयो ।

घाइते नेपाली कामदारको सेरदान, पुत्रजया, बान्तिङ र काजाङ अस्पतालमा उपचार भइरहेको छ ।बस ४४ जना कामदार बोकेर मलेसियाको क्वालालाम्पुर विमानस्थलतर्फ जाँदै थियो ।

बस विमानस्थल नजिकै सेपाअङमा १० मिटर तल नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित पाँच जना बंगलादेशी, तीन जना इण्डोनेसियन र एक मलेसियन नागरिकको ज्यान गएको हो । मलेसियन नागरिक बसका चालक रहेको प्रहरीले उल्लेख गरेको छ ।

दुर्घटनामा ३३ जना घाइते भएका छन् । बसमा १४ जना नेपाली, १२ जना बंगलादेशी, १४ जना इण्डोनेसियन र दुई जना मलेसियन नागरिक रहेको मलेसियन प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यम मेट्रोले उल्लेख गरेको छ ।

थप जानकारी पाउन तल क्लिक गर्नुहोस:

No comments:

Post a Comment